प्रधानमन्त्री ओलीले बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने  | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने 


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने घोषणा गरेका छन्। उनले श्रीमती राधिका शाक्यको प्रस्तावमा पिपुल्स लाइब्रेरी बनाउन लागेका हुन्। 

शुक्रबार ओलीले सामाजिक सञ्जालमा लेख्दै बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन्।

 उनले लेखकहरूलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित दिन पनि आग्रह गरेका छन्। त्यसका लागि प्रधानमन्त्री पत्नी राधिकाले हप्ताको ६ दिन एक एक घण्टा छुट्याएको पनि उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, –‘पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास ! बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो ( यहाँ पिपुल्स लाइब्रेरी बनाऔं। त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ । राधिकाको भनाइ थियो– ‘यहाँ सबैले पढेर मन पराएका पुस्तकहरु राख्नु पर्छ।’ लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ । तपाईंहरु पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ । त्यसका लागि राधिकाले हप्तामा ६ दिन एक एक घन्टाको समय छुट्याउने कुरा भएको छ।’

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : १२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस