समाचार

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

By खबरहब

August 16, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली संगठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् ।

मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार बताए।

अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की  हुनुहुन्छ । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ ।