कांग्रेस-एमालेले मात्रै संविधान संशोधन गर्दा अवस्था जटिल हुन्छ : शेखर कोइराला « Khabarhub

कांग्रेस-एमालेले मात्रै संविधान संशोधन गर्दा अवस्था जटिल हुन्छ : शेखर कोइराला


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार मोरङको बूढीगंगा गाँउपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुईतिहाइ बहुमत रहे पनि सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

संविधान संसोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुने उल्लेख गरे ।

कोइरालाले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्र हेर्ने पनि क्षेत्राधिकार दिन नहुने जिकिर गरे ।

नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बूढीगंगा गाउँपालिकाले मिर्गौला, मुटु तथा मधुमेहसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गरेको हो । नेता कोइरालाले बिरामी जाँच्दै नि:शुल्क स्वास्थ्य शिविर शुभारम्भ गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १२ : २२ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७