थाइल्याण्डको प्रधानमन्त्रीमा प्यातोङटार्न सिनावात्रा निर्वाचित « Khabarhub

थाइल्याण्डको प्रधानमन्त्रीमा प्यातोङटार्न सिनावात्रा निर्वाचित


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

बैंकक थाइल्याण्डको संसदले ३७ वर्षीया प्यातोङटार्न  सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।

गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार प्यातोङटार्नलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ ।

फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य प्यातोङटार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत् अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो । 

प्यातोङटार्नका बुबा थाक्सिन सिनावात्रा र फुपु यङलिङ सिनावात्राले यसअघि प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् ।  थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा उनी सबैभन्दा कान्छी नेता हुन् । 

राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भनी अदालतमा दायर मुद्दामाथि सुनुवाईपछि दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो । 

प्यातोङटार्न थाइल्याण्डको दोस्रो महिला प्रधानमन्त्री बनेका छन् । सेना, राजावादी दलहरू र टेलिकम टाइकून तथा कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका पूर्वप्रधानमन्त्री थाक्सिनसँग जोडिएका पपुलिस्ट पार्टीहरूबीच लामो समयदेखिको तनावपछि निवर्तमान प्रधानमन्त्री स्रेथाको बहिर्गमन भएको थियो । 

संसदको तेस्रो ठूलो दल भुमजैथाईले शुक्रबारको मतदानमा फेउ थाईका उम्मेदवारलाई समर्थन गर्न सहमत भएको जनाएको छ ।

सन् २०२२ को अन्त्यमा राजनीतिमा प्रवेश गर्नुअघि प्यातोङटार्नले होटेल क्षेत्रको व्यावसाय हेर्दै आएकी थिइन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १२ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै