काठमाडौंमा उत्रिएलगत्तै अमेरिकी मन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई « Khabarhub

काठमाडौंमा उत्रिएलगत्तै अमेरिकी मन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आर बर्माले काठमाडौं उत्रिनेबित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेका छन् ।

शुक्रबार मध्यान्ह काठमाडौं उत्रिएका उनले सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग संवाद गरेका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले सरकारको नेतृत्व, युएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

नेपाल भ्रमण सकेपछि उनी भारत प्रस्थान गर्ने कार्यक्रम छ । नयाँ सरकार बनेपछि यो अमेरिकाबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : २६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम