दूधकोशीमा बाढी : काठमाडौंबाट जान सकेन हेलिकप्टर, नदीमा फसेकालाई निकाल्न समस्या « Khabarhub

दूधकोशीमा बाढी : काठमाडौंबाट जान सकेन हेलिकप्टर, नदीमा फसेकालाई निकाल्न समस्या


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर भीषण बाढी आएको छ ।

बाढीका कारण थामे गाउँका ७० प्रतिशत घर डुबानमा परेका छन् । कयौँ घर पूरै भत्किएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले टासी लाप्चा क्षेत्रको कुनै एक पोखरी फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

‘हाम्रो गाउँपालिकाको माथिल्लो भागमा रहेको तासिलाक्चा जाने बाटोका कुनै पोखरी फुटेको अनुमान हामीले गरेका छौँ । दूधकोशीको बाढीले मानवीय क्षति भएको जानकारी आएको छैन । तर केही मानिसहरू नदीको बहावका कारण फसेको खबर पाएका छौँ’, उनले भने, ‘फसिरहेका मानिससँग हामी सम्पर्कमा छौँ । नदीको बहाव कम भइसकेपछि उनीहरूलाई उद्धार गर्ने योजना छ ।’

भुसालले बाढीलगत्तै काठमाडौंबाट हेलिकप्टर मगाए पनि खराब मौसमका कारण आउन नसकेको बताउ । ‘डुबानमा परेको बस्तीमा पानीको बहाव केही कम भएको छ । केही झोलुङ्गे पुल पनि जोखिममा छन् । काठमाडौंबाट हेलिकप्टर मगाएका थियौँ तर खराब मौसमले समस्या भयो’, उनले भने, ‘बाढीपछि जिल्ला सदरमुकाबाट पनि सुरक्षाकर्मीको टोली परिचालित भएको खबर आएको छ । हामी प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा छौँ ।’

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : ३७ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त