समाचार

आइतबार भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

By खबरहब

August 16, 2024

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भाद्र २ गतदेखि भारतको भ्रमण गर्ने भएकी छन्  ।

साउन ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले परराष्ट्र मन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाद्र २ देखि ६ गतेसम्म भारत भ्रमणको स्वीकृति प्रदान गरिएको जानकारी दिए  ।

तीन दिने भारत भ्रमणमा मन्त्री राणाले भारतीय समकक्षी डाक्टर एस. जयशंकरसँग भेटघाट गर्नेछिन् ।