‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै « Khabarhub

‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालयमा यो कार्यक्रम हरेक दिन १२ देखि १२ः३० बजे सञ्चालन हुन्छ । यसबाट सेवाग्राहीले आफ्ना समस्या खुलेर राख्न पाएका छन् । 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यो कार्यको थालनी गर्नुभएको हो । गत असोज ५ गतेदेखि सुरु भएको हेल्प डेस्क प्रभावकारी रहेको उनले बताए। अघिपछि पनि जनताका गुनासा सुन्ने र नागरिकलाई सहजीकरण गर्ने काम हुँदै डेस्क सञ्चालन गरेपछि बढी सेवाग्राही आउने र गुनासा राख्ने गरेका प्रजिअ लम्सालले बताए।

‘हरेक दिन हेल्प डेस्कमा बस्छु’, उनले भने । गुनासा सम्बोधन गर्न आफैँ अग्रसर भई सेवाग्राहीका समस्या समाधान गर्ने गरेको प्रजिअ लम्सालले बताए। अन्य कार्यालयको सहयोग लिएर सहजीकरण गर्ने काम समेत गर्दै आएको उनको भनाइ छ । 

प्रजिअ आफैँ हेल्प डेस्कमा उपस्थित हुँदा नागरिकले पनि सहज रूपमा आफ्नो कुरा राख्न पाएका छन् । 

लमही नगरपालिका–१ की सुमित्रादेवी जैशी हेल्प डेस्कमा प्रजिअलाई भेटेर आफ्नो समस्या राख्न पाएकामा खुसी लागेको बताउँछन् । छयहत्तर वर्षीय जैशी घर परिवारबाट अपहेलित भएर आफ्नो समस्या सुनाउन गएका थिए । 

‘छोराको तीन वर्ष अघि मृत्यु भयो, अहिले बुहारीको साहारबाट पनि वञ्चित भएँ, अहिले एक्लै बस्दै आएकी छु’, हेल्प डेस्कमा उनले समस्या प्रजिअलाई सुनाउँदै थिए।

जैशी जस्तै घोराही उपमहानगरपालिका–१९ बोल्दीका रुपलाल खड्का पनि नागरिकता पाउनबाट वञ्चित भएको कुरा हेल्प डेस्कमा राख्दै थिए । आफ्नो समस्या समाधान हुनेमा उनी आशावादी थिए ।

जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा भेटिनुभएका घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले स्थानीय नागरिकको समस्या लिएर आएको बताए। हेल्प डेस्कमा प्रजिअसँग प्रत्यक्ष रूपमा आफ्ना समस्या सेवाग्राहीले राख्ने वातावरण बनेकामा  नागरिकलाई सहज भएको उनको भनाइ थियो । 

यसबाट भविष्यमा सेवा प्रवाह गर्न सहज हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ३ : ५२ बजे

रवि लामिछानेले चाहने हो भने दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार

हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री