नेप्सेमा पाँच अंकको झिनो सुधार, कारोबार कति ? « Khabarhub

नेप्सेमा पाँच अंकको झिनो सुधार, कारोबार कति ?


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अंकको सुधार देखिएको छ । परिसूचक पाँच दशमलव ०८ अंकले बढेर दुई हजार छ सय १३ दशमलव ०८ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार आठ सय ४० पटक खरिदबिक्री हुँदा छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ३५, वित्त एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ४८ र व्यापार समूह दुई दशमलव १० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक शून्य दशमलव १९, होटेल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बिमा एक दशमलव १० र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बिमा एक दशमलव ७८ र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको २३ करोड ७६ लाख ३५ हजार बराबरको शेयर खरिदबिक्री भएको छ ।

 कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको चार लाख ७५ हजार नौ सय कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ३ : ५९ बजे

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको