कात्तिक १० गते जनकपुरधाममा भूमि लोक महोत्सव हुने « Khabarhub

कात्तिक १० गते जनकपुरधाममा भूमि लोक महोत्सव हुने


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशको राजधानी जनकपुरधामलाई सांगितिक पर्यटनको प्रवर्द्धनमा योगदान पुर्‍याउनका लागि गरिँदै आएको भूमि लोक महोत्सव यस वर्ष कात्तिक १० गते आयोजना हुने भएको छ । जनकपुरधाममा महोत्सवको यो दोस्रो संकरण हुनेछ ।

भूमि फाउण्डेसनका अध्यक्ष रञ्जन झाले कार्तिक १० गते भूमि लोक महोत्सवको दोस्रो संकरणको आयोजना गरिने बताएका छन् । भूमि लोक महोत्सव जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना हुने छ ।

सांगितिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक पहिचान बनाएका रञ्जन झाको पहलकदमी र सक्रियतामा दोश्रो पटक आयोजना हुन लागेको भूमि लोक महोत्सवमा ख्याति प्राप्त संगित साधकहरूलाई जनकपुरधाममा भेलासमेत गराइने छ ।

यस महोत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने विभिन्न लोक झाँकी प्रदर्शन गरिने छ भने विभिन्न स्टलहरुसमेत राखिने आयोजकले जनाएको छ । यस महोत्सवमा अन्तर्राष्ट्रियस्तरका सांगितिक प्रस्तुति हुने फाउण्डेशनका अध्यक्ष झाको भनाइ छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ४ : १० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।