‘र्‍यापिड मेल्टिङ’ले निम्त्यायो थामेमा विनाश, बाढीले ताल नै बगाएको अनुमान « Khabarhub

‘र्‍यापिड मेल्टिङ’ले निम्त्यायो थामेमा विनाश, बाढीले ताल नै बगाएको अनुमान


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे तटीय क्षेत्र नै डुबाएको बाढी ‘र्‍यापिड मेल्टिङ’ अर्थात् हिउँको तीव्र पग्लाइका कारण निम्तिएको पूर्वानुमान गरिएको छ ।

जलाधार क्षेत्र ६,९३८ मिटर अग्लो तेङ्गी रागी तउदेखि टासी लाप्चा एरियामा हिउँ तीव्र गतिमा पग्लिँदा पहिरो गई बाढी चलेको र सो बाढीले टासी लाप्ताको पूर्वतर्फ बनेका तीनमध्ये कुनै न कुनै पर्माफ्रोस्ट (जमेको जमिन) समेत बगाएको बताइन्छ । बालुवा र हिउँ मिसिएर वर्षौंदेखि शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रममा जमेको जमिन नै पर्माफ्रोस्ट हो ।

थामे गुम्बातर्फको तटीय बस्तीको जलाधार क्षेत्र ६,९३८ मिटर अग्लो तेङ्गी रागी तउदेखि टासी लाप्चा हुँदै कोङ्दे रि सम्म पर्छ । थामेको माथिल्लो क्षेत्रमा केही ग्लेसियर ड्याम (पहिले नै हिमपहिरो झरेपछि बनेको बाँध) बाट बनेका तालहरू छन् ।

गौरीशङ्कर संरक्षण क्षेत्रको पूर्वोत्तरतर्फ रहेको हिमालमा पनि हिउँको निकै ठूलो परिमाण देखिन्छ । क्याचमेन्ट एरिया (जलाधार क्षेत्र) कै वहाव क्षेत्रमा नोग्ले पोर्टर सेल्टर, टासी लाप्चा पास लज एण्ड रेस्टूराँ लगायत आवासीय संरचना देखिन्छ । उक्त रेस्टूराँ रहेको थेङ्पो खर्क थामेभन्दा माथि नै पर्छ । सो खर्कमा पनि दर्जनौँ आवासीय र कृषि संरचना देखिन्छ ।

थेङ्पो खर्कभन्दा तल पनि नदी किनारकै ठाउँ ठाउँमा विभिन्न गोठ देखिन्छन् । केही तल रहेको खुरे गोठ क्षेत्रमा पनि मानवीय गतिविधि देखिन्छ । बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको थामे क्षेत्रमा त झन् धेरै आवासीय, पर्यटकीय र पशुपालनका संरचना छन् । तर आज आएको बाढीमा ती संरचना डुबेका छन् ।

भूगर्भविद् श्रीकमल द्विवेदीले थामेमा चलेको बाढीको फूटेज हेर्दा सेडिमेन्ट बहाव (बालुवासहितको बाढी) देखिएकाले तालभन्दा माथि नै र्‍यापिड मेल्टिङ भइ विपद् निम्तिएको हुनसक्ने बताए । सो बाढीले ताल समेत बगाएपछि झन् ठूलो आकार लिएको आफूले आकलन गरेको द्विवेदीले जनाए ।

‘यो विपद् विश्वव्यापी तापमान वृद्धिसँग सम्बन्धित छ,’ द्विवेदीले भने, ‘पहिले हिउँमात्रै पर्ने ठाउँमा अहिले पानी परिरहेको छ । तातोले गर्दा हिउँ छिटोछिटो पग्लिनु र बाढी निम्तनुमा तापमान वृद्धि नै कारक हो ।’

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ४ : १७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन