समाचार

खुम्बु बाढी अपडेट : पाँचजनाको उद्धार, एकजना बेपत्ता

By खबरहब

August 16, 2024

काठमाडौँ–  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा हिमपहिरोपछि आएको बाढीका कारण लगभग २० वटा घर पुरिएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार खत्रीका अनुसार बाढीमा फसेका पाँचजनाको उद्धार गरिएको  छ भने एक जना बेपत्ता रहेका छन् ।  नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो ।

उनले भनिन्, ‘बाँकी मानवीय क्षतिबारे विवरण आएको छैन, हामी बुझ्दैछौं ।’