रामहरि खतिवडा भन्छन्- ढिला नगरी सुशासनको काममा सबै लागौँ  « Khabarhub

रामहरि खतिवडा भन्छन्- ढिला नगरी सुशासनको काममा सबै लागौँ 


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ढिलाइ नगरी सुशासनको काममा सबै लाग्नुपर्ने बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको सुशासनको क्षेत्रमा देखिएका चुनौतीहरू विषयक कार्यक्रममा खतिवडाले प्रधानमन्त्रीले कार्यभार सम्हाल्दा सुशासनलाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गरेको भन्दै अव सुशासनको काममा ढिलाइ नगरी सबै लाग्नुपर्ने बताएका हुन् ।

उनले सुशासनका विषयमा वर्तमान ;सरकार सफल हुने अपेक्षा गरे । कार्यकारी प्रमुखहरू, संस्था, विभाग लगायतका निकायका प्रमुखहरूले कानूनसम्मत रूपमा जनतालाई दुख नदिई सही निर्णय गर्न सक्ने छिटै सुशासन कायम हुन सक्ने उनले बताए ।

उनले भ्रष्टाचार निवारण ऐनका विषयमा समितिमा छलफल भइरहेको भन्दै हदम्याद, आरोप लागे पनि निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा उचित निकासका साथ अघि बढ्ने धारणा राखे ।

त्यस्तै महालेखापरीक्षक तोयम रायाले नागरिकले चाहेको सेवा चाहेको समयमा प्राप्त गर्न सक्नु नै सुशासन भएको बताए ।

उनले सुशासनका लागि सबै सरकारी निकाय, सार्वजनिक संस्थान, प्रदेशका सबै निकायका साथै सबै स्थानीय तहको लेखापरिक्षण गरेर सम्बन्धित निकायलाई बुझाउने गरेको बताए । प्रतिवेदनमा उल्लेख भएका विषयहरूलाई सार्वजनिक लेखा समितिमा पनि छलफल गर्ने व्यवस्था रहेको उनले बताए ।

उनले प्रतिवेदनहरू समयमा छलफल हुन नसके त्यसको कुनै अर्थ नरहने बताए । अहिले पनि केन्द्रमा ५५ देखि ६१ औँ प्रतिवेदनसम्म संघीय संसदमा छलफल हुन नसकेको उनले बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ३३ बजे

दोस्रो प्रयासमा अर्थ मन्त्रालय सम्हाल्दै स्वर्णिम वाग्ले

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह (बालेन) देशको बिग्रँदो आर्थिक अवस्था

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

घोराही– टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ ।

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।