दूधकोशीको बाढीले थला पर्‍यो सुन्दर थामे गाउँ (तस्बिरहरू) « Khabarhub

दूधकोशीको बाढीले थला पर्‍यो सुन्दर थामे गाउँ (तस्बिरहरू)


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा आएको बाढीले थामे गाउँलाई बिरुप बनाएर गएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा थामे गाउँमा ठूलो क्षति भएको हो

बाढीले थामे गाउँका कयौँ घर पुरिएका छन् केही बगेका छन् । स्कुलदेखि होटल र रेस्टुराँसमेत दूधकोशीको बाढीमा पुरिएका छन् ।

थामे गाउँमा मात्रै कम्तीमा पनि २० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । दिउँसोको समय भएकाले मानवीय क्षति भएको छैन । एकजना भने बेपत्ता भएको खबर आएको छ ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि प्रहरी र सेना परिचालन गरेर थामेमा उद्धार चलिरहेको बताइन् ।

नेपाली सेना, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले बाढीमा फसेकाहरूको उद्धार गरिरहेको छ । सुरक्षाकर्मीले जनावरको पनि उद्धार गरेर बचाएका छन् ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ३३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले