मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुसबीच फोनवार्ता « Khabarhub

मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुसबीच फोनवार्ता


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसबीच फोनवार्ता भएको छ ।

बंगलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि मोहम्मद युनुस र प्रधानमन्त्री मोदीबीचको यो पहिलो वार्ता हो ।

मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मलाई मोहम्मद युनुसको फोन आयो । यस क्रममा हामी दुवैले बंगलादेशको वर्तमान अवस्थाको बारेमा कुरा गर्‍यौँ ।’

मोदीले भनेका छन्- ‘मैले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बंगलादेशको लागि भारतको समर्थन दोहोर्‍याएको छु । उनले (मोहम्मद युनुस) बंगलादेशमा हिन्दू र सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन् ।’

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनपछि शेख हसिनाले अगस्ट ५ मा बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसपछि उनी भारतमा रहेकी छन् ।

अहिले बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार छ । युनुस नोबेल पुरस्कार विजेता एक प्रख्यात अर्थशास्त्री हुन् ।

-न्यूजकारखाना

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ४६ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली