मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुसबीच फोनवार्ता « Khabarhub

मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुसबीच फोनवार्ता


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसबीच फोनवार्ता भएको छ ।

बंगलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि मोहम्मद युनुस र प्रधानमन्त्री मोदीबीचको यो पहिलो वार्ता हो ।

मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मलाई मोहम्मद युनुसको फोन आयो । यस क्रममा हामी दुवैले बंगलादेशको वर्तमान अवस्थाको बारेमा कुरा गर्‍यौँ ।’

मोदीले भनेका छन्- ‘मैले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बंगलादेशको लागि भारतको समर्थन दोहोर्‍याएको छु । उनले (मोहम्मद युनुस) बंगलादेशमा हिन्दू र सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन् ।’

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनपछि शेख हसिनाले अगस्ट ५ मा बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसपछि उनी भारतमा रहेकी छन् ।

अहिले बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार छ । युनुस नोबेल पुरस्कार विजेता एक प्रख्यात अर्थशास्त्री हुन् ।

-न्यूजकारखाना

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै