भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै विकल्प छैन : मन्त्री भण्डारी « Khabarhub

भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै विकल्प छैन : मन्त्री भण्डारी


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै विकल्प नरहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्नका लागि सरकार गम्भीर रहेको भन्दै यसलाई रोक्न अनुगमनबाहेक अरु कुनै विकल्प नरहेको बताएका छन् । उनले श्रम सम्झौताका दुइपक्षीय सम्झौता गर्दा नेपाली कामदारको हक अधिकारलाई ध्यान दिइने उल्लेख गरे ।

मन्त्री भण्डारीले दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर व्यवसायीको नवीकरण नगर्ने व्यवस्था रहेको भए पनि विविध परिस्थितिका कारण सरकारले बाधा अड्काउ फुकाऊ मार्फत नवीकरण गर्नु परिरहेको जिकिर गरे ।

आप्रवासन सम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तयार भइसकेको जानकारी दिँदै उनले यसले नेपाली कामदारलाई थप सुरक्षित र व्यवस्थित हुने बताए ।

मन्त्री भण्डारीले इजरायलमा केयरगिभरमा नेपाली कामदार लैजाने क्रममा समस्या र गुनासो आइरहेको भन्दै भाषा, सिप लगायतको प्रमाणपत्र दिने संस्थामाथि छानबिन गर्न छानबिन समिति बनाएको जानकारी दिए।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ०५ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै