भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै विकल्प छैन : मन्त्री भण्डारी | Khabarhub Khabarhub

भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै विकल्प छैन : मन्त्री भण्डारी


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै विकल्प नरहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्नका लागि सरकार गम्भीर रहेको भन्दै यसलाई रोक्न अनुगमनबाहेक अरु कुनै विकल्प नरहेको बताएका छन् । उनले श्रम सम्झौताका दुइपक्षीय सम्झौता गर्दा नेपाली कामदारको हक अधिकारलाई ध्यान दिइने उल्लेख गरे ।

मन्त्री भण्डारीले दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर व्यवसायीको नवीकरण नगर्ने व्यवस्था रहेको भए पनि विविध परिस्थितिका कारण सरकारले बाधा अड्काउ फुकाऊ मार्फत नवीकरण गर्नु परिरहेको जिकिर गरे ।

आप्रवासन सम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तयार भइसकेको जानकारी दिँदै उनले यसले नेपाली कामदारलाई थप सुरक्षित र व्यवस्थित हुने बताए ।

मन्त्री भण्डारीले इजरायलमा केयरगिभरमा नेपाली कामदार लैजाने क्रममा समस्या र गुनासो आइरहेको भन्दै भाषा, सिप लगायतको प्रमाणपत्र दिने संस्थामाथि छानबिन गर्न छानबिन समिति बनाएको जानकारी दिए।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ०५ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको