६ बुँदे माग राख्दै डा. केसीले दिए अनसन बस्ने चेतावनी « Khabarhub

६ बुँदे माग राख्दै डा. केसीले दिए अनसन बस्ने चेतावनी


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा.गोविन्द केसीले पुन अनसन बस्ने चेतावनी दिएका छन् । शुक्रबार उनले विभिन्न ६ माग राख्दै आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट चिकित्सा शिक्षा ऐन र नियमावलीका कतिपय व्यवस्थाहरूलाई निष्प्रयोजित गर्ने गरी र संवैधानिक इजलासको क्षेत्राधिकार मिचेर गरिएको फैसलाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सर्वोच्चको सो फैसलाले मेडिकल कलेज सञ्चालन गर्न मापदण्ड र प्रक्रिया नपुगेका दर्जनौँ अस्पतालहरूलाई ऐन विपरीत कलेज सञ्चालन गर्न प्रोत्साहन मिल्नेछ । फलस्वरूप मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तरमा ठुलो रास आई आम नेपालीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने निश्चित छ भने ती सेवाहरू महँगो, सहर केन्द्रित भई ग्रामीण भेगका लगायत सबै निम्न मध्यम वर्ग र विपन्न वर्गका नागरिक र योग्य विद्यार्थीहरूको पहुँचबाट बाहिर हुनेछ । तसर्थ सो फैसलाको गम्भीर पुनरावलोकनको माग गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता छन् मागहरू :

१. हालै चिकित्सा शिक्षा ऐन र नियमावलीका कतिपय व्यवस्थाहरूलाई निष्प्रयोजित हुने गरी र संवैधानिक इजलासको क्षेत्राधिकार मिचेर सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसलालाई पुनरावलोकन गर्न माग गरिन्छ।

२. निर्मला कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई प्रदेश मन्त्री पदबाट तुरुन्त हटाएर उनीमाथि चलिरहेको छानबिन तथा अनुसन्धानलाई निष्पक्ष र तीव्र बनाउन सरकार तथा नेपाली कांग्रेसको ध्यानाकर्षण गराइन्छ ।

३. नक्कली प्रमाणपत्र सम्बन्धी अपराधमा मेडिकल कलेज व्यवसायी तथा सांसद सुनिल शर्मालाई तुरुन्त मुद्दा चलाई आवश्यक कारबाही अगाडि बढाउन जोडदार माग गरिन्छ ।

४. सशस्त्र द्वन्दकालमा भएका मानवताविरोधी जघन्य अपराध र युद्ध अपराधका सबै दोषीहरूलाई दण्डित र पीडितहरूको लागि पूर्ण न्याय र क्षतिपूर्ति सुनिश्चित गरियोस् । तथाकथित राजनीतिक सहमतिमा कुनै दोषीले उन्मुक्ति पाउनु हुन्न।

५. सबै नेपालीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर।

६. चिकित्सा शिक्षामा उल्लिखित र विगतमा हामीसँग शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि भएका सम्झौताहरूको शीघ्र कार्यान्वयन गर।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : २२ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड