बैतडीमा हैजाको संक्रमण बढ्दै « Khabarhub

बैतडीमा हैजाको संक्रमण बढ्दै


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा हैजाको जोखिम बढ्दै गएकाले यहाँका खानेपानीको नमूना सङ्कलन गरिएको छ । देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि यहाँबाट पनि खानेपानीको नमूना सङ्कलन गरिएको छ ।

विभिन्न ब्राण्डका खानेपानीमै हैजाका किटाणु देखिन थालेपछि विभागको निर्देशनअनुसार खानेपानीको नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए ।

जिल्लाको दोगडाकेदारमा रहेको नवयुग सहकारी संस्थाले उत्पादन गरिरहेको दोगडाकेदार ब्राण्डको खानेपानी उद्योगमै पुगेर नमूना सङ्कलन गरिएको हो । यसका साथै जिल्लामा बिक्रीका लागि विभिन्न ठाउँबाट आयात गरिएका खानेपानीको नमूना सङ्कलन गरिएको जनाएको छ ।

दार्चुलाको मार्मा गाउँपालिकामा उद्योग रहेको अपि स्प्रीन खानेपानी, निजी खानेपानी र लिप ब्राण्डको खानेपानीको नमूना सङ्कलन गरिएको प्रमुख कठायतले बताए । उनले भने, “देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि हामीले पनि पानीको नमूना सङ्कलन गरेका हौँ । सङ्कलित नमूना परीक्षणका लागि क्षेत्रीय प्रयोगशाला धनगढी पठाउछौँ ।”

यसैबीच चाडपर्व नजिकिएसँगै जिल्लामा बजार अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न ठाउँमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

सदरमुकामस्थित गढी र गोठलापानीमा बजार अनुगमन गरिएको हो । गढीमा १३ वटा पसल र गोठलापानीमा ४२ वटा पसलमा अनुगमन गरिएको छ । पसलमा अनुगमन गर्दा रु दुई हजार चार सय ५० बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : ४५ बजे

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन