यस्तो बन्यो फिल्म ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’ « Khabarhub

यस्तो बन्यो फिल्म ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज १७ गते अर्थात घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत ‘छड्के सलाम’ सार्वजनिक भएको छ । ठमेलस्थित एक फिल्म हलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा गीत सार्वजनिक गरिएको हो ।

विवाहको सेटअपमा तयार पारिएको गीतमा मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । गीतमा प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी हेर्न सकिन्छ ।

जयन जे वाइवाको संगीत निर्देशन र शब्द रचना रहेको गीतमा कालीप्रसाद बास्कोटा र बबिना किराँतीको स्वर छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन र निर्देशन रहेको छ । यो उनीहरुको डेब्यू निर्देशकीय फिल्म हो ।

फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, लुनिभा तुलाधरलगायतको अभिनय रहेको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा उनका श्रीमान् निश्चल बस्नेतले सघाएका छन् । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : ५८ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो