यस्तो बन्यो फिल्म ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’ « Khabarhub

यस्तो बन्यो फिल्म ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज १७ गते अर्थात घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत ‘छड्के सलाम’ सार्वजनिक भएको छ । ठमेलस्थित एक फिल्म हलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा गीत सार्वजनिक गरिएको हो ।

विवाहको सेटअपमा तयार पारिएको गीतमा मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । गीतमा प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी हेर्न सकिन्छ ।

जयन जे वाइवाको संगीत निर्देशन र शब्द रचना रहेको गीतमा कालीप्रसाद बास्कोटा र बबिना किराँतीको स्वर छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन र निर्देशन रहेको छ । यो उनीहरुको डेब्यू निर्देशकीय फिल्म हो ।

फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, लुनिभा तुलाधरलगायतको अभिनय रहेको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा उनका श्रीमान् निश्चल बस्नेतले सघाएका छन् । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : ५८ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम