आज २०८१ साल भदौ ३१ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ ३१ गते सोमबारको राशिफल


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ ३१ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर १६ तारिख। भाद्र शुल्क पक्षको त्रयोदशी तिथि। विश्व ओजन तह बचाऊ दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन रमाइलो छ। राज्यका विसंगतीविरुद्ध आवाज उठाउने र संगठन निर्माण गर्ने योग छ। तपाईंको काम सफल बन्नेछ। परिवारमा बौद्धिक वार्तालाप हुनेछ। बिहान सूर्यको दर्शन गरेर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ।

वृष : भाग्यस्थानमा शुभ ग्रहको बहुमत भएकाले लगानीमा हिम्मत गर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुरुको तर्फबाट सहयोग बढ्नेछ। आफन्तबाट सहयोग मिल्नेछ। परिवारको साथ मिल्ने भएकाले दिन सरल र सहज बन्ने योग छ।

मिथुन : ठुलो श्रम परे पनि उपलब्धि भने सामान्य हुनेछ। महत्त्वपूर्ण कार्य गोप्य राख्नु राम्रो हुनेछ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : चुनौतीको सामना गर्नुपर्ने दिन छ। तपाईंको धनको दुरुपयोग हुने जोखिम छ। शिवजीमा जल अर्पण गरेर दिनको सुरुवात गरेमा हरेक ठाउँमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : लामो समयदेखिको योजनाको सुरुवात हुनेछ। प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ। काम गर्न जाँगर चल्नेछ। परिवारको सहमतिमा गरेको काम सफल बन्ने योग छ।

कन्या : पूर्व योजना अनुसार गर्दै आएको कामबाट पश्चाताप हुनेछ। एकल निर्णय नगर्नु राम्रो हुनेछ। नाम र प्रतिष्ठा जोगाउन धन खर्च गर्नुपर्ने देखिन्छ। परिवारसँगको सुखले भने राहत मिल्ने छ। जग्गाको कारोबरमा फाइदा हुने योग छ।

तुला : आम्दानीका स्रोत अब्बल छन्। मुल त्रिकोणमा चन्द्रमा रहेकाले परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। सामाजिक र राजनीतिक चासो बढ्ने योग छ। लगानी गरेको भए प्राविधिक क्षेत्रबाट मान र सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : अप्रिय खबर सुन्नुपर्ने भएकाले मन दुःखी हुनेछ। न्यायिक क्षेत्रको प्रयासबाट लाभ हुनेछ। हरेक क्षेत्रको चासो र भेटघाटले मन हलुका हुनेछ। परिवारमा सकारात्मक छलफल हुनेछ।

धनु : भाग्यको उदय हुने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। लगानी गरेको भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा हुने दिन छ।

मकर : धन आर्जन गर्ने दिन छ। कलकारखानाजन्य काममा नाफा हुनेछ। रड र सिमेन्टको क्षेत्रमा लगानी भए विशेष फाइदा हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको विश्वास बढी गर्दा धोका हुने भएकाले कर्तव्यमा मात्र केन्द्रित हुनु आवश्यक देखिन्छ।

कुम्भ : आफ्नै राशिमा चन्द्रमा छन्। मनमा शान्ति र व्यवहारमा सहजता हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमा धेरै सम्भावना भेटिने छन्। परिवारमा मेलमिलाप हुनेछ। साथीभाइसँगको भेटले मन खुसी हुनेछ।

मीन : आफ्नो हैसियत बिर्सिएमा पश्चाताप हुनसक्छ। लगानीका क्षेत्र सबल रहेका छन्। आफन्तले अप्ठेरो परिस्थितिमा साथ दिनेछन्। अनुत्पादक क्षेत्रमा लगानी हुने सम्भावना भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : ४१ बजे

अवैध लागूऔषधसहित तीनजना पक्राउ

‍काठमाडौं–  काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार