अधिवेशनको अन्तिम दिन माओवादीले संसद्को अवरोध हटायो « Khabarhub

अधिवेशनको अन्तिम दिन माओवादीले संसद्को अवरोध हटायो

‘हिंसा’ शब्द हटाउनुपर्ने अडान यथावत, प्रधानमन्त्रीलाई बोल्न दिने


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक सातादेखि संसद्‍मा देखिएको अवरोध अन्त्य भएको छ ।

गत भदौ १२ गते नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द संसदीय कि असंसदीय भन्ने विवादमा संसद‍्‍मा भइरहेको अवरोध सोमबारदेखि हट्ने भएको हो ।

तर चालु अधिवेशनको अन्तिम दिन पनि सोमबार नै हो । आजैदेखि लागु हुनेगरी आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को  चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गरिसकेको छ ।

सोमबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्‍मा जारी अवरोध हटाउन तयार भएको बताए ।

‘हामी ‘हिंसा’ शब्द संसद्‍को रेकर्डबाट हटाउनुपर्छ भन्ने पक्षमा छौं, तर प्रधानमन्त्री केपी शर्मा ओली विदेश जान लागेकाले त्यसबारे बोल्न हामी अवरोध गर्दैनौँ’, उनले कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा भने, ‘हामी सभामुखको पनि विरोधमा छैनौँ । आफ्ना कुरा राखेर संसद्‍मा रहेको अवरोध हटाउँछौँ ।’

सभामुख गत भदौ २६ गतेको संसद् बैठकमा ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ गरेका थिए । भट्टराईले माओवादीले चलाएको ‘जनयुद्ध’लाई हिंसा भनेर भदौ १२ गतेको संसद्‍मा टिप्पणी गरेपछि विवाद भएको थियो ।

उक्त विवादलाई लिएर सभामुख घिमिरेले आवश्यक निरुपणका लागि छलफल थालेका थिए ।

‘साउन १२ गते माननीय योगेश भट्टराईले प्रयोग गरेको हिंसालाई असंसदीय भनी हटाउन मागसहित भएको नियमापत्तिबारे छलफल भएको छ। प्रतिनिधिसभा नियमावलीको नियम २१ मा भएको व्यवस्था, भदौ १८ गतेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकको रायअनुसार उक्त शब्द संसद्‍को अभिलेखबाट हटाउनुनपर्ने निर्णय भएको छ’, घिमिरेले भनेका थिए ।

उनले विभिन्न समयमा प्रतीकात्मक शब्द प्रयोग गर्दा पनि नियापत्ति हुने गरेकाले त्यस्तो कार्य उचित नहुने पनि बताएका थिए ।

योगेशले भदौ १२ को बैठकमा माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए ।

उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत् व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने देशले २०७५ सालसम्म कुर्नुपरेको बताएका थिए ।

भदौ २६ मा सभामुखको रुलिङपछि माओवादीले संसद्‍मा अवरोध गरिरहेको छ । आइतबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक पनि माओवादीले अवरोध जारी राख्ने भनेपछि सूचना टाँसेर सोमबार १ बजेसम्मलाई स्थगित गरिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १२ : ४४ बजे

पाँचथरमा रातको समयमा सवारी आवागमन रोक

पाँचथर– पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन

विराटनगर– मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश

कुलेखानी क्षेत्रका तीन ठाउँमा साइरन

बागमती– जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण

प्रकाश सपूतसहित कलाकारको ‘सुरताल म्युजिकल टुर’, १३ सहरमा सांगीतिक माहोल

काठमाडौं– नेपाली संगीतका चर्चित कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउँदै ‘सुरताल म्युजिकल

निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक संसदमा प्रस्तुत

काठमाडौं– निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत