इन्फा अवार्ड : अनमोल सर्वोत्कृष्ट नायक, भुवनलाई ‘लाइफटाइम एचिभमेन्ट’ « Khabarhub

इन्फा अवार्ड : अनमोल सर्वोत्कृष्ट नायक, भुवनलाई ‘लाइफटाइम एचिभमेन्ट’


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) मा अनमोल केसी सर्वोत्कृष्ट नायक र केकी अधिकारी सर्वोत्कृष्ट नायिका घोषित भएका छन् । बेलायतको लण्डनमा शनिबार साँझ उनीहरुलाई अवार्ड वितरण गरिएको हो ।

अनमोलले फिल्म ‘फर्की फर्की’बाट र केकीले ‘प्रसाद-२’बाट सो अवार्ड जितेका हुन् । प्रसाद-२ बाटै अर्पण थापाले सर्वोत्कृष्ट खलपात्रको अवार्ड जितेका छन् ।

त्यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्डबाट भुवन केसी सम्मानित भएका छन् ।

‘जारी’लाई सर्वोत्कृष्ट फिल्म घोषणा गरिएको छ । यही फिल्मबाट दयाहाङ राईले पप्पुलर अभिनेता र मिरुना मगरले पप्पुलर अभिनेतृको आवार्ड पाएका छन् । यही फिल्मबाट उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

सर्वोत्कृष्ट कथा-पटकथाको अवार्ड ‘दिमाग खराब’बाट आकाश बरालले हात पारेका छन् ।

सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ फिल्म ‘पुजार सार्की’का नायका प्रदीप खड्का घोषित भएका छन् । त्यस्तै, सर्वोत्कृष्ट अभिनेतृ जुरीतर्फ ‘बोक्सीको घर’बाट सुपला सापकोटाले जितेकी छन् ।

पब्लिक च्वाईसतर्फ सर्वोत्कृष्ट अभिनेता र अभिनेतृ पल शाह र जसिता गुरुङ ठहर भएका छन् ।

त्यस्तै, फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’ गीतबाट प्रकाश सपुतले सर्वोत्कृष्ट संगीतकार अर्वाड जितेका छन् । ‘जारी’ फिल्मको गीत ‘चरी बस्यो’बाट कालिप्रसाद बास्कोटा र फिल्म बोक्सीको घरको बुझिनँ मैले गीतबाट समीक्षा अधिकारी सर्वोत्कृष्ट पाश्र्वगायक-गायिका ठहर भएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ३९ बजे

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल