इन्फा अवार्ड : अनमोल सर्वोत्कृष्ट नायक, भुवनलाई ‘लाइफटाइम एचिभमेन्ट’ | Khabarhub Khabarhub

इन्फा अवार्ड : अनमोल सर्वोत्कृष्ट नायक, भुवनलाई ‘लाइफटाइम एचिभमेन्ट’


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) मा अनमोल केसी सर्वोत्कृष्ट नायक र केकी अधिकारी सर्वोत्कृष्ट नायिका घोषित भएका छन् । बेलायतको लण्डनमा शनिबार साँझ उनीहरुलाई अवार्ड वितरण गरिएको हो ।

अनमोलले फिल्म ‘फर्की फर्की’बाट र केकीले ‘प्रसाद-२’बाट सो अवार्ड जितेका हुन् । प्रसाद-२ बाटै अर्पण थापाले सर्वोत्कृष्ट खलपात्रको अवार्ड जितेका छन् ।

त्यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्डबाट भुवन केसी सम्मानित भएका छन् ।

जारी’लाई सर्वोत्कृष्ट फिल्म घोषणा गरिएको छ । यही फिल्मबाट दयाहाङ राईले पप्पुलर अभिनेता र मिरुना मगरले पप्पुलर अभिनेतृको आवार्ड पाएका छन् । यही फिल्मबाट उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

सर्वोत्कृष्ट कथा-पटकथाको अवार्ड ‘दिमाग खराब’बाट आकाश बरालले हात पारेका छन् ।

सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ फिल्म ‘पुजार सार्की’का नायका प्रदीप खड्का घोषित भएका छन् । त्यस्तै, सर्वोत्कृष्ट अभिनेतृ जुरीतर्फ ‘बोक्सीको घर’बाट सुपला सापकोटाले जितेकी छन् ।

पब्लिक च्वाईसतर्फ सर्वोत्कृष्ट अभिनेता र अभिनेतृ पल शाह र जसिता गुरुङ ठहर भएका छन् ।

त्यस्तै, फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’ गीतबाट प्रकाश सपुतले सर्वोत्कृष्ट संगीतकार अर्वाड जितेका छन् । ‘जारी’ फिल्मको गीत ‘चरी बस्यो’बाट कालिप्रसाद बास्कोटा र फिल्म बोक्सीको घरको बुझिनँ मैले गीतबाट समीक्षा अधिकारी सर्वोत्कृष्ट पाश्र्वगायक-गायिका ठहर भएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ३९ बजे

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका

च्याम्पियन्स लिग : बायर लिभरकुजेनसँग बेनिफिका पराजित

काठमाडौं– युईएफए च्याम्पियन्स लिग फुटबलमा बायर लिभरकुजेनले जित निकालेको छ

ओलीले हरियो झन्डा नदेखाएपछि अन्तिममा खनालको बाटो फेरियो

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सहित

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी– करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त

राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई