प्राकृतिक विपद् पीडितलाई राहत उपलब्ध गराउन माग « Khabarhub

प्राकृतिक विपद् पीडितलाई राहत उपलब्ध गराउन माग


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सांसदहरुले बाढी, पहिरो, डुबान, हिमपहिरोलगायतका प्राकृतिक विपद्बाट पीडित भएकालाई समयमै राहत उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा उनीहरूले पीडितले समयमै राहत पाउन नसक्दा उनीहरूको जीवन कष्टकर बन्दै गइरहेको उल्लेख गर्दै यथाशीघ्र राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए। 

बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले कैलालीमा बाढीका कारण बासस्थान असुरक्षित बनेको र कृषि क्षेत्रमा असर गरिरहेको बताए। 

सांसद सोनाम गेल्जेन शेर्पाले हिमपहिरोका पीडितले हालसम्म राहत पाउन नसकेको र बासस्थान सुरक्षित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

 ‘हिमपहिरोका पीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन्, बासस्थान सुरक्षित छैन, तसर्थ उनीहरूको पुनःस्थापना र पीडित परिवारका लागि सरकारले समयमा नै क्षतिपूर्ति उपलब्ध गराउन सकोस्’, उनले भने। 

सांसद युवराज शर्माले राष्ट्रिय गौरवको आयोजनाको काम तोकिएको समयभन्दा बढी लाग्दा आयोजनाको लागत बढ्ने भन्दै समयमै आयोजना निर्माणको काम सम्पन्न गर्न सुझाव दिए । सांसद राजेन्द्रलक्ष्मी गैरे र सांसद सुरेशकुमार आलेमगरले पनि शून्य समयमा आफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ०९ बजे

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान

राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने