समाचार

पाँचथरमा भएको विस्फोटक पदार्थ बम हो : प्रधानमन्त्री ओली 

By खबरहब

September 16, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको फालेलुङमा भएको विस्फोटक पदार्थ बम नै भएको बताएका छन् ।  

सोमबार प्रतिनिधि सभामा बोल्दै ओलीले पाँचथरमा बम विस्फोट भएको स्पष्ट पारेका हुन् ।

‘बम विस्फोटबाट भन्नु हुने हो कि नहुने हो ? यहाँ अन्योल भएको छ । तर वम विस्पोर्टबाट दुई बालबालिकाको निधन भयो । प्रधानमन्त्री ओलीले भने,‘उनका परिवारलाई पाँच लाख दिने सरकारले निर्णय गरेको छ । घाइतेको नि:शुल्क उपचार हुन्छ ।’ 

पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको गाडागाड १३ भदैमा विस्फोटक पदार्थ पड्‌किँदा दुई बालबालिकाको मृत्यु भएको थियो । 

स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीय छोरी प्रिन्साको वम पड्कँदा ज्यान गएको हो । वम पड्किएको घर माओवादी कार्यकर्तासमेत रहेका आइतराज केरुङको हो । तर त्यहाँ स्थानीय  ज्ञानबहादुर राई १० वर्षदेखि बस्दै आएका थिए । 

अर्का दुई घाइते बालकहरू पवन राई र ७ वर्षीय दिप्सन राईको कीर्तिपुर वन अस्पतालमा उपचार भइरहेको छ ।