अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्ने « Khabarhub

अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्ने


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियो तथा टेलिभिजनले सोमबार जनाएका छन् ।

 मन्त्रालयका उपप्रमुख मावलवी अब्दुल खालिक सादिकले परीक्षार्थीको परीक्षा प्रक्रियामा पारदर्शिता सुनिश्चित गरिने र परीक्षामा उत्तीर्ण हुने जो कोहीलाई पनि बिना पूर्वाग्रह काममा लगाइने बताए । 

अफगानिस्तानका सरकारी तथा निजी विद्यालयमा हाल एक करोडभन्दा बढी बालबालिका अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ । प्रतिवेदनमा बालिकाले कक्षा सात भन्दा माथिको शिक्षालाई निरन्तरता दिन सक्छन् कि सक्दैनन् भन्ने उल्लेख गरिएको छैन ।

अफगानिस्तानको कामचलाउ सरकार गठनको केही समयपछि जारी गरेको प्रतिबन्धात्मक प्रावधान अनुसार ‘अर्को सूचना जारी नभएसम्म’का लागि छात्राहरू कक्षा सातभन्दा माथिका कक्षामा उपस्थित भई पठनपाठन गर्न पाउँदैनन् ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ६ : १७ बजे

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव