कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि भदौ १ देखि ३१ गतेसम्मका अवधिमा ६३ जना पुरुष र २३ महिला फरार प्रतिवादी पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उनले भने, “सम्मानित अदालतको फैसला कार्यान्वयन गर्न विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखेका छौँ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट त्यसका लागि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।”

पक्राउ परेकाको कैद हिसाब गर्दा आठ वर्ष १० महिना एक दिन हुन आउँछ । उनीहरूबाट रु ४६ लाख ९२ हजार नौ सय जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये चेक अनादार मुद्दामा ५२, लागुऔषध मुद्दामा नौ, चोरीसम्बन्धी मुद्दामा एक, अपहरण तथा शरीर बन्धकमा एक, हातहतियार तथा खरखजना मुद्दामा एक, नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा एक, राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा दुई रहेका छन् ।

यसैगरी बालयौन दुरुपयोग मुद्दामा दुई, बैंकिङ कसुर मुद्दामा छ जना, अभद्र व्यवहारमा तीन, लेनदेनमा तीन, सवारी ज्यान मुद्दामा दुई र जालसाझीमा मुद्दामा तीन जना रहेको प्रनाउ शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ९ : ०९ बजे

कर्ण थापाको फरक मतले विधान महाधिवेशनमा प्रवेशन पायो, शनिबार वाचन गर्ने, प्रतिनिधिलाई पनि बाँडिने

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा दर्ता गराएको

इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु

गाजा- इजरायली फौजले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा

संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडा निर्विरोध  चयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता

दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक : पूर्वराष्ट्रपति यादव

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक

१९ जना एमाले नेताका गृह जिल्लामा मात्रै दुई लाखभन्दा बढी संगठित सदस्य

काठमाडौं– नेकपा (एमाले)का शीर्ष तहका १९ जना नेताहरूका गृह जिल्लामा