६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित | Khabarhub Khabarhub

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराद्वारा आज आयोजित सिसं १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा ६७ जना दीक्षित भएका छन् ।

४७ हप्तासम्म सञ्चालित तालिमबाट दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विशेष समारोहका बीच शपथग्रहण गराएका थिए ।

महानिरीक्षक अर्यालले इमान्दारिता, जिम्मेवारिता र कर्तव्यनिष्ठताका साथ तालिममा हासिल गरेको ज्ञानलाई राष्ट्र र जनताको सुरक्षामा लगाउन आग्रह गरे। सशस्त्र प्रहरी बलले शान्ति सुरक्षासँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतमा कुशलतापूर्वक आफ्नो जिम्मेवारितालाई निर्वाह गरिरहेको उनले बताए ।

आफ्ना कुशल, इमानदार, सीप र क्षमतावान् सन्ततीलाई मुलुकप्रति समर्पण गरेको भन्दै उनले अभिभावकप्रति आभार व्यक्त गरे। सशस्त्र प्रहरी बल प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक कमल गिरीले तालिमका सिकाइलाई कर्तव्य परायणता एवं बफादारिताका साथ व्यवहारमा उतार्न आग्रह गरे ।

तालिम शिक्षालयका समादेशक एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजङ्ग थापाले आधारभूत तालिमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ९ : ४१ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय