६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित « Khabarhub

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराद्वारा आज आयोजित सिसं १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा ६७ जना दीक्षित भएका छन् ।

४७ हप्तासम्म सञ्चालित तालिमबाट दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विशेष समारोहका बीच शपथग्रहण गराएका थिए ।

महानिरीक्षक अर्यालले इमान्दारिता, जिम्मेवारिता र कर्तव्यनिष्ठताका साथ तालिममा हासिल गरेको ज्ञानलाई राष्ट्र र जनताको सुरक्षामा लगाउन आग्रह गरे। सशस्त्र प्रहरी बलले शान्ति सुरक्षासँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतमा कुशलतापूर्वक आफ्नो जिम्मेवारितालाई निर्वाह गरिरहेको उनले बताए ।

आफ्ना कुशल, इमानदार, सीप र क्षमतावान् सन्ततीलाई मुलुकप्रति समर्पण गरेको भन्दै उनले अभिभावकप्रति आभार व्यक्त गरे। सशस्त्र प्रहरी बल प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक कमल गिरीले तालिमका सिकाइलाई कर्तव्य परायणता एवं बफादारिताका साथ व्यवहारमा उतार्न आग्रह गरे ।

तालिम शिक्षालयका समादेशक एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजङ्ग थापाले आधारभूत तालिमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ९ : ४१ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा