वडाध्यक्षलाई कार्यवाहक दिएर धरानका मेयर साम्पाङ बेलायततिर, उपमेयर असन्तुष्ट | Khabarhub Khabarhub

वडाध्यक्षलाई कार्यवाहक दिएर धरानका मेयर साम्पाङ बेलायततिर, उपमेयर असन्तुष्ट


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई साम्पाङ वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर बेलायत भ्रमणमा निस्किएका छन् ।

साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई गत सोमबार देखि नै लागू हुने गरी  कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।

उनले विगतमा पूर्व मेयरहरूले पनि वडाध्यक्षलाई कार्यवाहक दिने गरेको उल्लेख गर्दै यसलाई अन्यथा लिन नहुने स्पष्ट पारे ।

तर उपमेयर बेगाले भने यस अगाडिका मेयरले स्थानीय सरकार सञ्चालन ऐन भन्दा बाहिर गएर कुनै पनि गतिविधि नगरेको दाबी गरेका छन्।

उपमेयर बेघाले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर मेयर साम्पाङविरुद्ध कानूनी उपचार खोज्ने समेत बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ९ : ५५ बजे

एक्लिए जनार्दन : माओवादीमै बस्लान् कि विद्रोह गर्लान् ?

काठमाडौं- लामो समयदेखि अध्यक्ष/संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग फरक मत राख्दै

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा– बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा एक करोड

माओवादीले २० गते एकतामा आउने पार्टीसँग बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने

कृषि पेसाबाट मनग्य आम्दानी

तेह्रथुम– नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि पेसा

ट्राफिक प्रहरीको अर्को कार्यालयमा काठमाडौं महानगरको डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा