अमेरिकी निर्वाचन : अर्ली भोटिङ सुरु | Khabarhub Khabarhub

अमेरिकी निर्वाचन : अर्ली भोटिङ सुरु


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकामा ‘अर्ली भोटिङ’ सुरु भएको छ । अमेरिकी राष्ट्रपति पदको निर्वाचन औपचारिक निर्वाचन ५ नोभेम्बरका दिन हुँदै छ । यसरी सुरुवाती मतदान क्रम चली रहँदा पनि दुवै उम्मेदवारले अभियानलाई निरन्तरता दिएका छन् । 

यसै अभियानमा एक रेडियो अन्तरवार्तामा ह्यारिसले ट्रम्पलाई आफूले फासिवादी भएको कुरा स्वीकार गरेकी छन् । ह्यारिसले नयाँ लगानी र उज्ज्वल भविष्यको कल्पना गरी रहेको समयमा ट्रम्पले विगतको कुरामा मात्र धेरै अल्झन चाहेको आरोप पनि ह्यारिसले लगाएकी छिन् । डेट्रोयटमा अन्तरवार्ता दिने क्रममा आफ्नो नीति अश्वेत पुरुषहरूका लागि उपयोगी हुने प्रतिबद्धता जाहेर गरेकी थिइन् । अन्तरवार्ताकै क्रममा ह्यारिसले अधियोजकको रूपमा विगतमा गरेको काममा सधैँ गर्व गर्ने गरेको समेत बताइन् । 

जो बाइडेनले फिलाडेल्फियामा ह्यारिसको पक्षमा कार्यक्रम आयोजना गरेका थिए । यी दुवै उम्मेदवार सञ्चार माध्यममा पनि उत्तिकै व्यस्त छन् । सिकागो इकोनोमिक क्लबसँगको अन्तरवार्तामा ट्रम्पले आफूले भ्लादिमिर पुटिनसँग सम्पर्क भएको विषयमा पूर्ण अस्वीकार गर्न सकेनन् । यसै बिचमा कमला ह्यारिसले मिचिगनमा एक रेडियो कार्यक्रममा अन्तरवार्ता दिएकी थिइन् । 

स्टिकर बनाएर विपक्षीका बारे नकारात्मक प्रचार गर्ने शैली अमेरिकी निर्वाचनमा पनि यस पटक देखिएको छ । एटलान्टामा डोनाल्ड ट्रम्पको कार्यक्रमको समयमा ट्रोल बनाइयो । ‘ कमला बोर्डर प्लाः मेक अमेरिका हाइटी’ भनेर लेखिएको स्टिकर टाँसिएको थियो । त्यसै कार्यक्रममा राखिएको अर्को स्टिकरमा लेखिएको थियो,‘ योर न्यु अपार्टमेन्ट मेनेजर इफ कमला विन ’ लेखिएको थियो । यसमा चार जना ग्याङ स्टारको तस्बिर राखिएको थियो ।

अवैध आप्रवासी प्रवेशलाई ह्यारिसले प्रशय दिएको आरोप डोनाल्ड ट्रम्पले बारम्बार लगाउँदै आएका छन् । ओहियोमा भने ट्रम्पले हाइटीका आप्रवासीको विषयमा बारम्बार मुद्दा उठाइरहेका छन् । अहिले हाइटीका आप्रवासीको बारेमा समेत ट्रम्पले गलत अफवाह फैलाएको आरोप ह्यारिसले बारम्बार लगाएकी छिन् ।

 

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  २ : १७ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस