फिल्म ‘बेहुली फ्रम मेघौली’ : हलबाट उतारेर ओटीटीमा सार्वजनिक गर्ने निश्चलको घोषणा « Khabarhub

फिल्म ‘बेहुली फ्रम मेघौली’ : हलबाट उतारेर ओटीटीमा सार्वजनिक गर्ने निश्चलको घोषणा


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घटस्थापनाबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ बिहीबार (भोलि) बाट सिनेमा घरबाट निकालिने भएको छ । हलहरुको शो बाडफाँटमा असन्तुष्टि जनाउँदै फिल्मका निर्माता निश्चल बस्नेतले फिल्म हलबाट उतार्ने निर्णय लिएका हुन् ।

हलको विकल्पमा उनले फिल्मलाई ओटीटी प्ल्याटफम ‘एमएसएम भिडियो’ एपमा सार्वजनिक गर्ने जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अक्टोबर १७ बाट हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं ।’

फिल्म ओटीटीमा चाँडै सार्वजनिक हुने बताए पनि उनले मिति भने उल्लेख गरेका छैनन् । ओटीटीमा अमेरिका, जापान, क्यान्डा र सिंगापुरका दर्शकले भने हेर्न नपाउने उनले जानकारी दिएका छन् ।

सिसिफसजस्ता निश्चल बस्नेत : जसलाई फिल्मले चढायो शिखर

आफ्नो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रियाका साथ उच्च अकुपेन्सी पाइरहँदा हिन्दी फिल्मलाई बढी शो दिइएको आरोपसमेत लगाएका छन् । सोही कारण आफूले हलको बिकल्प खोजेको उनको दाबी छ ।

यस फिल्ममा निश्चल र नायिका स्वस्तिमा खड्का केन्द्रीय भूमिकामा छन् । उनीहरु दुवै फिल्मको निर्माता समेत हुन् ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन-निर्देशन सजन काफ्ले र आकाश बरालले गरेका हुन् ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ३ : ०६ बजे

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको