जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी क्रियाशील : मुख्यमन्त्री शाह « Khabarhub

जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी क्रियाशील : मुख्यमन्त्री शाह


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी निरन्तर क्रियाशील रहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरीले आज धनगढीमा आयोजना गरेको ६९औँ प्रहरी दिवसको अवसरमा बोल्दै उनले विभिन्न कालखण्डमा नेपाल प्रहरीले धेरै चुनौतीको सामना गर्दै अगाडि बढेको उल्लेख गरे ।

‘अहिले पनि सीमित स्रोत, साधनबीच नेपाल प्रहरीले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने चुनौति छ, तैपनि आफ्नो काम, कर्तव्यप्रति दृढ छ’, उनले भने ।

मुलुक सङ्घीयतामा गएपनि सङ्घीय सरकारले बनाउनुपर्ने ऐन, कानुन नबनेका कारण प्रदेशका कतिपय अधिकार  अन्योलमै रहेको मुख्यमन्त्री शाहको भनाइ छ । 

‘यसैभित्र प्रहरी समायोजन पनि पर्दछ, प्रहरी समायोजन हुन्छ, हुँदैन त्यसको जवाफ सङ्घीय सरकारले दिनुपर्दछ, नेतृत्वले दिनुपर्दछ,’ उनले भने ।

मुख्यमन्त्री शाहले प्रहरी सङ्गठनलाई दुरुस्त राख्न प्रदेश सरकार सहयोग गर्न सदैव तत्पर रहेको बताए। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक, सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलालीका सहायक रथी, सशस्त्र प्रहरी बल नेपाल नंंवैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक, सञ्चारकर्मीलगायतका सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ७ : ३३ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार