अफगानिस्तानमा सवारी दुर्घटना हुँदा आठ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा सवारी दुर्घटना हुँदा आठ जनाको मृत्यु


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु वाहक गाडी दुर्घटना हुँदा महिला तथा बालबालिकासहित आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

उक्त गाडी शुक्रबार राती प्रान्तीय राजधानी फैजाबाद सहरतर्फ गइरहेको बेला दुर्घटना ग्रस्त भएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक जबिहुल्लाह अमिरीले बताए ।  

अमिरीका अनुसार स्थानीय तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी शवहरू निकाल्न खोजिरहेका थिए ।

मृतकमध्ये एक जना ड्राइभर र अन्य तीन महिला तथा चार बालबालिकालगायतका मानिसहरु रहेको उनले बताए ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ५ : ०३ बजे

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको