सिरियामा इजरायलको आक्रमणमा दुई प्यालेस्टिनी जिहादी नेताको मृत्यु | Khabarhub Khabarhub

सिरियामा इजरायलको आक्रमणमा दुई प्यालेस्टिनी जिहादी नेताको मृत्यु


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इजरायलले सिरियामा बिहीबार गरेको हवाई आक्रमणमा इस्लामिक जिहादका दुई वरिष्ठ नेताको मृत्यु भएको गाजामा हमाससँगै इजरायलविरुद्ध लडेको प्यालेस्टिनी समूहको एक स्रोतले बताएको छ। 

दमास्कस नजिकैको कुद्सायामा भएको आक्रमणमा इस्लामिक जिहादको राजनीतिक ब्यूरोका सदस्य अब्देल अजिज मिनावी र समूहका विदेश सम्बन्ध प्रमुख रस्मी अबु इसाको मृत्यु भएको स्रोतले शनिबार एएफपीलाई जानकारी दिएको छ ।

उक्त स्रोतका अनुसार सिरियामा समूहको एउटा कार्यालय रहेको भवनलाई लक्षित गरी गरिएको आक्रमणमा इस्लामिक जिहादका अर्का एक सदस्यको पनि मृत्यु भएको थियो ।

सिरियामा भएका व्यक्तिगत आक्रमणबारे विरलै टिप्पणी गर्ने इजरायली अधिकारीहरूले बिहीबार इस्लामिक जिहादलाई लक्षित गरी गरिएको आक्रमणको जिम्मेवारी लिएका छन् ।

एएफपीले शनिबार सम्पर्क गर्दा इजरायली सेनाले भने दुई नेताको मृत्युबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । बेलायतस्थित सिरियाली मानव अधिकारवादी समूह (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) का अनुसार बिहीबार दमास्कस र आसपासमा इजरायली आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ ।

राजधानीको बाहिरी इलाकामा भएको आक्रमणमा परी १० जना इस्लामिक जिहादी लडाकुको मृत्यु भएको समूहले जनाएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले शुक्रबार पुनः माजेह जिल्लामा आक्रमण गरेको छ ।

लेबनानी सीमा नजिकका क्षेत्रलगायत सिरियामा मुख्यतः लेबनानी आन्दोलन हिजबुल्लाहका पूभाव क्षेत्रहरूलाई लक्षित गरी आक्रमण तीव्र भएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणका क्रममा इस्लामिक जिहादले कैयौँ इजरायलीलाई बन्धक बनाएको थियो भने अझै पनि करिब १०० को हाराहारीमा बन्धकलाई मुक्त गर्न सकिएको छैन ।

यस हप्ताको सुरुमा उक्त समूहले २९ वर्षीया रूसी–इजरायली बन्धक साशा ट्रुपानोभको दुई भिडियो क्लिप सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ७ : ४१ बजे

अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने छ : ऊर्जामन्त्री

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबीच निर्माण

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौतीको समाधानमा एकजुट

बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौं – नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरण अध्यक्ष

बैतडीमा खोप लगाएका बालकको मृत्युपछि तनाव, सडक अवरुद्ध 

बैतडी– बैतडीमा खोप लगाएका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले

स्ववियु निर्वाचनको तीव्र तयारीमा त्रिवि

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी