गोलान हाइटमा बस्ती विस्तार गर्ने इजरायलको निर्णय « Khabarhub

गोलान हाइटमा बस्ती विस्तार गर्ने इजरायलको निर्णय


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले गोलान हाइटमा बस्ती विकास गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिरियामा आसाद सरकार ढलेर इस्लामिक सत्ताको स्थापना भएपछि यो आवश्यकता रहेको बताएका हुन्।

सन् १९६७ मा ६ दिने युद्धपछि कब्जा गरिएको गोलान हाइटको जनसङ्ख्या दुई गुणाले वृद्धि गर्न चाहेको प्रधानमन्त्री नेतान्याहुले बताएका छन्। अन्तर्राष्ट्रिय कानुन अनुसार भने यसलाई अवैध मानिन्छ।

सिरियामा आसाद सरकारको पतनसँगै विगतका युद्ध विरामको सम्पूर्ण खाका भङ्ग गर्दै इजरायलले गोलान हाइटलाई सिरियाबाट छुटाएको बफर जोनमा हमला सुरु गरिसकेको छ। यस कदमका बाबजुद नेतान्याहुले सिरियासँग द्वन्द्व बढाउने इजरायलको कुनै चासो नरहेको बताएका छन्। उनले तत्कालीन समयको वास्तविक अवस्था अनुसार इजरायल प्रतिको धारणा तय गर्ने बताए।

गोलान हाइटमा ३० वटा इजरायली आवास केन्द्र छन्। यी सबै गरेर कुल २० हजार मानिसको त्यहाँ बसोबास छ। इजरायलले अन्तर्राष्ट्रिय कानुनको अवज्ञा गर्दै त्यहाँमा मानिस राखेको जनाइएको छ। त्यहाँ २० हजार सिरियाली पनि छन्।

ड्र्ज अबर समुदायमा उनीहरू सो स्थान इजरायलले कब्जा गरेपछि पनि त्यहीँ रहेका छन्। इजरायलका पूर्व प्रधानमन्त्री एहुद ओल्मार्टले भने त्यस स्थानमा थप बस्ती विस्तारको आवश्यकता नदेखिएको बताएका छन्।

प्रधानमन्त्री नेतान्याहुले अहिले इजरायलका सामु धेरै समस्याको समाधान गर्नु आवश्यकता रहेका कारण सिरियामा सत्ता कब्जा गरेको विद्रोही शक्तिसँग युद्ध गर्न र द्वन्द्व बढाउन आवश्यक नदेखेको बताए। उनले यसो भने पनि ८ डिसेम्बर यता सिरियामा इजरायलले ४५० हवाई आक्रमण गरेको छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : २६ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार