विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै « Khabarhub

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद(दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ७ : १७ बजे

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान

काठमाडौं- एलजीले नेपाली बजारलाई लक्षित गरी आफ्नो नयाँ घरेलु उपकरण

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा