लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी « Khabarhub

लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियर सिपको आइतबार भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २-१ ले हराएको छ।

चेल्सीको प्रिमियरसिपको यो लगातार पाँचौँ जित हो। जितसहित चेल्सीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरीलाई २ अङ्कमा झारेको छ। लिभरपुलको ३६ तथा चेल्सीको ३४ अङ्क छ।

पहिलो गोल गरेका मार्क कुरेलाले हाफ टाइमपछि रातो कार्ड पाएको सो खेलमा चेल्सीका लागि निकोलास ज्याक्सनले विजयी गोल गरे।

४३ औं मिनेटमा कुरेलाको गोलमा चेल्सीले अग्रता लिएको थियो। ब्रेन्टफोर्डका लागि ब्रायन एम्बुबेले गोल गरे।

अर्को खेलमा टोटनहाम हस्टस्पर्सले पुछारको टोली साउथहाम्टनलाई ५–० ले हराएको छ। सो जितसहित हस्टस्पर्सको ५ खेलको विजयहीन यात्रा सकिएको छ।

जेम्स मेडिसनले दुई गोल गरेको खेलमा सन ह्युङ मीन, डेजान कुलेभ्सी र पेप सारले थप गोल गरे।

अर्को खेलमा ब्रिङटनलाई ३-१ ले हराउँदै क्रिस्टल प्यालेस रेलिगेसन जोनबाट ४ अङ्कले बाहिर निस्केको छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : १९ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ