सुदूरपश्चिमविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली « Khabarhub

सुदूरपश्चिमविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका कप्तान सोमपाल कामीलाई सुरुमा ब्याटिङको निम्तो दिएका छन्।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

सुदूरपश्चिम र कर्णालीको खेलसँगै प्लेअफ पुग्ने चार टोली र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्नेसँगै एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

जनकपुर, सुदूरपश्चिम र चितवनले प्लेअफ पुग्ने निश्चित भए पनि कर्णाली र काठमाडौंमध्ये कुन टिम प्लेअफमा पुग्ने भन्ने निश्चित भइसकेको छैन।

अहिलेसम्मको तालिकामा सुदूरपश्चिम ६ खेल खेल्दा १० अंकका साथ शीर्ष स्थानमा छ। सात खेल खेलिसकेको जनकपुरकोसमेत १० अंक भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ।

चितवन, कर्णाली र काठमाडौं गुर्खाजको समान ८ अंक छ। चितवन र काठमाडौंले सात खेल खेलिसकेका छन् भने कर्णाली आज अन्तिम खेल खेल्दैछ।

आजको खेल नतिजापछि कर्णाली याक्स र काठमाडौंमध्ये एक टिमले प्लेअफमा स्थान पक्का गर्नेछन्।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : ५० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु