सुदूरपश्चिमविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली « Khabarhub

सुदूरपश्चिमविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका कप्तान सोमपाल कामीलाई सुरुमा ब्याटिङको निम्तो दिएका छन्।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

सुदूरपश्चिम र कर्णालीको खेलसँगै प्लेअफ पुग्ने चार टोली र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्नेसँगै एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

जनकपुर, सुदूरपश्चिम र चितवनले प्लेअफ पुग्ने निश्चित भए पनि कर्णाली र काठमाडौंमध्ये कुन टिम प्लेअफमा पुग्ने भन्ने निश्चित भइसकेको छैन।

अहिलेसम्मको तालिकामा सुदूरपश्चिम ६ खेल खेल्दा १० अंकका साथ शीर्ष स्थानमा छ। सात खेल खेलिसकेको जनकपुरकोसमेत १० अंक भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ।

चितवन, कर्णाली र काठमाडौं गुर्खाजको समान ८ अंक छ। चितवन र काठमाडौंले सात खेल खेलिसकेका छन् भने कर्णाली आज अन्तिम खेल खेल्दैछ।

आजको खेल नतिजापछि कर्णाली याक्स र काठमाडौंमध्ये एक टिमले प्लेअफमा स्थान पक्का गर्नेछन्।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : ५० बजे

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौं – ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी