काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा « Khabarhub

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्वमेयर (पहिलो मेयर) प्रेमलाल (पीएल) सिंहको ८७ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि आन्द्राको समस्याबाट पीडित सिंहको आज बिहान आफ्नै निवास चाक्सीबारीमा निधन भएको हो । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनको पार्थिव शरीर बिहान ११ बजेसम्म चाक्सीबारीमा राखिने छ ।

२०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

जनसंख्यामन्त्री समेत भएका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहको प्रमुख सहयोगी भएर काम गरेका थिए । उनलाई गणेशमानको धर्मपुत्रको रुपमा पनि चिन्ने गरिन्छ ।

यसैबीच, काठमाडौं महानगरपालिका (कामपा)ले पूर्वमेयर सिंहको निधनमा आज शोक बिदा दिएको छ ।

कामपाका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्वमेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

२०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : २८ बजे

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा