काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा « Khabarhub

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्वमेयर (पहिलो मेयर) प्रेमलाल (पीएल) सिंहको ८७ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि आन्द्राको समस्याबाट पीडित सिंहको आज बिहान आफ्नै निवास चाक्सीबारीमा निधन भएको हो । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनको पार्थिव शरीर बिहान ११ बजेसम्म चाक्सीबारीमा राखिने छ ।

२०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

जनसंख्यामन्त्री समेत भएका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहको प्रमुख सहयोगी भएर काम गरेका थिए । उनलाई गणेशमानको धर्मपुत्रको रुपमा पनि चिन्ने गरिन्छ ।

यसैबीच, काठमाडौं महानगरपालिका (कामपा)ले पूर्वमेयर सिंहको निधनमा आज शोक बिदा दिएको छ ।

कामपाका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्वमेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

२०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : २८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज