हारे पनि प्लेअफमा कर्णाली, बाहिरियो काठमाडौं « Khabarhub

हारे पनि प्लेअफमा कर्णाली, बाहिरियो काठमाडौं


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणबाट बाहिरिने चौथो टोली बनेको छ काठमाडौं गुर्खाज ।

८ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौं रन रेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो ।

सोमबार सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्सले फराकिलो हार व्यहोरेको अवस्थामा काठमाडौंले प्लेअफका खेल खेल्ने सम्भावना थियो ।

यससँगै सोमबारको खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित कर्णाली याक्स प्लेअफमा स्थान बनाउने चौथो टोली बनाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै सजिलै लक्ष्य पूरा गरेको हो ।

कर्णालीले दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्रै सुदूरपश्चिमले पूरा गरेको अवस्थमा काठमाडौं प्लेअफमा पुग्ने थियो ।

यससँगै लिग चरणका सात खेलमा ६ खेल जित्दै सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

लिग चरणमा २ खेल हारेको जनकपुर बोल्ट्स १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १२ : २६ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु