रूम हिटरको सही प्रयोग नगरे लिन सक्छ ज्यान  « Khabarhub

रूम हिटरको सही प्रयोग नगरे लिन सक्छ ज्यान 


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले पुसको चिसो छ । यो चिसोमा गाउँघरतिर आगो बालिन्छ तर सहरका कोठाहरूमा धेरैले हिटर बालेर बस्ने गरेको पाइन्छ । हिटर बाल्दा केही कुरामा ध्यान नदिँदा निसासिएर धेरैको मृत्यु हुने गरेको समाचारहरू हामीले सुन्दै आएका छौँ । कोठा थुनेर हिटर ताप्दा ज्यान पनि जोखिममा पर्न सक्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार आगो वा हिटर बालेको बन्द कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन ।

कोठाभित्र अक्सिजन कम हुँदै जान्छ। अक्सिजन कम हुने बित्तिकै कार्बनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ।

यसले हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम गर्दै लैजान्छ। यो क्रम बढ्दै जाँदा अर्थात् लामो समय कोठाभित्र आगो र हिटरमा बस्दा शरीरका कोषहरू मर्दै जान्छ । जसका कारण मानिसको मृत्यु समेत हुन सक्छ ।

जाडोमा, मानिसहरू प्रायः आफ्नो बेडरूममा हिटर वा ब्लोअर लगाएर सुत्छन्। रुम हिटरले केही मिनेट मै कोठा तताउँछ तर यसले स्वास्थ्यमा धेरै साइड इफेक्ट पनि गर्छ । लामो समयसम्म लगातार प्रयोग गर्दा धेरै अवस्थामा यसले ज्यानसमेत लिन सक्छ।

त्यसैले यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । त्यसो भए हामी भन्ने छौँ यदि तपाईँले रुम हिटर प्रयोग गर्नुहुन्छ भने कम्तीमा तपाईँले यी कुराहरू ध्यान दिनुपर्ने  हुन्छ :

– रुम हिटर प्रयोग गर्नुअघि राम्ररी सफा गर्नुहोस्। यसो गर्दा यसमा जमेको धुलो हट्छ र हिटर प्रयोग गर्दा गन्ध पनि आउँदैन।

– बन्द कोठामा लामो समयसम्म रुम हिटर वा ब्लोअरहरू चलाउन नदिनुहोस्। हिटर चलाउँदा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, जुन गन्धविहीन विषाक्त ग्याँस हो। कोठा बन्द भएमा अक्सिजनको कमी हुन्छ । यस्तो अवस्थामा लामो समयसम्म हिटर चलाउँदा निसास्सिन सक्छ ।

– दिन होस् वा रात, हिटर बालेर सुत्नु हुँदैन । सुत्नु अघि हिटर बन्द गर्नुहोस् र बच्चाहरूबाट टाढा ठाउँमा राख्नुहोस्।

– हिटर चलाउँदा कोठाको झ्याल पूर्ण रूपमा बन्द नहोस् भन्ने कुरामा ध्यान दिनुहोस् । कोठामा ताजा हावा भेन्टिलेसनको लागि ठाउँ बनाउनु होस् । तपाईँले हिटर चलाउँदा झ्यालहरू थोरै खुला छोड्न सक्नुहुन्छ ।

–  हिटरको वरिपरि प्लास्टिकको झोला, कागज वा त्यस्ता ज्वलनशील वस्तु नराख्नुहोस्। यस्ता कारणले चोटपटक लाग्ने खतरा हुन्छ ।

– तपाईँको घरमा दम वा श्वासप्रश्वासका बिरामी छन् भने कोठामा हिटर चलाउनबाट जोगिनुहोस्। दमका बिरामीहरूलाई हिटरको समस्या हुन सक्छ। -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १२ : ५९ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्