पीएल सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालय सानेपा लगियो « Khabarhub

पीएल सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालय सानेपा लगियो


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको छ ।

आज बिहान निधन भएका ८७ वर्षीय सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजेसम्म उनकै निवास चाक्सीबारीमा राखिएको थियो ।

सिंहलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू चाक्सीबारी पुगेका थिए।

यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायतले पूर्वमेयर सिंहलाई श्रद्धाञ्जली दिएका छन्। उनको आजै अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १२ : ४४ बजे

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि