धावन मार्गमा कुकुर दौडिएपछि श्री एयरको जहाज ओभरसुट « Khabarhub

धावन मार्गमा कुकुर दौडिएपछि श्री एयरको जहाज ओभरसुट


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेत विमानस्थलको रनवे (धावनमार्ग) मा कुकुर दौडिएपछि काठमाडौंबाट गएको एउटा जहाजलाई आपत् आइलागेको छ ।

काठमाडौंबाट सोमबार मध्यान्ह उडेको श्री एयरको कलसाइन ९एन१२२ को जहाज सुर्खेत विमानस्थलमा अवरण गर्ने बेला रनवेमा कुकुर दौडिएको थियो ।

सोमबार दिउँसो सवा १ बजे अवरतणका लागि तम्तयार भएर एयरपोर्ट क्षेत्रमा जहाज पसिसकेको अवस्थामा रनवेमा कुकुर दौडिन थालेको थियो ।

रनवेमा कुकुर दौडिएपछि अवतरण गर्न लागेको श्री एयरको जहाजले ओभरसुट गरेर सम्भावित दुर्घटना टार्न सफल भएको छ । उक्त जहाजले छिन्चुको आकाशमा तीन फन्का लगाएपछि अहिले सुर्खेत विमानस्थलमै अवतरण गरेको छ।

ओभरसुट गरेर सम्भावित संकट टारेको जहाज सकुशल अवतरण भएपछि यात्रुले राहतको श्वास फेरेका छन् । अहिले उक्त जहाज सुर्खेतबाट काठमाडौंका लागि उडिसकेको छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १ : ३४ बजे

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई