धावन मार्गमा कुकुर दौडिएपछि श्री एयरको जहाज ओभरसुट « Khabarhub

धावन मार्गमा कुकुर दौडिएपछि श्री एयरको जहाज ओभरसुट


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेत विमानस्थलको रनवे (धावनमार्ग) मा कुकुर दौडिएपछि काठमाडौंबाट गएको एउटा जहाजलाई आपत् आइलागेको छ ।

काठमाडौंबाट सोमबार मध्यान्ह उडेको श्री एयरको कलसाइन ९एन१२२ को जहाज सुर्खेत विमानस्थलमा अवरण गर्ने बेला रनवेमा कुकुर दौडिएको थियो ।

सोमबार दिउँसो सवा १ बजे अवरतणका लागि तम्तयार भएर एयरपोर्ट क्षेत्रमा जहाज पसिसकेको अवस्थामा रनवेमा कुकुर दौडिन थालेको थियो ।

रनवेमा कुकुर दौडिएपछि अवतरण गर्न लागेको श्री एयरको जहाजले ओभरसुट गरेर सम्भावित दुर्घटना टार्न सफल भएको छ । उक्त जहाजले छिन्चुको आकाशमा तीन फन्का लगाएपछि अहिले सुर्खेत विमानस्थलमै अवतरण गरेको छ।

ओभरसुट गरेर सम्भावित संकट टारेको जहाज सकुशल अवतरण भएपछि यात्रुले राहतको श्वास फेरेका छन् । अहिले उक्त जहाज सुर्खेतबाट काठमाडौंका लागि उडिसकेको छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १ : ३४ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै