महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ « Khabarhub

महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई यौन शोषण आरोप लगाउँदै आएकी शोभा पाठक पक्राउ परेकी छन् ।

पाठक सोमबार (आज) दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेकी हुन् ।

महेशले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि सुरक्षाका लागि आफैंले गिरफ्तारी दिएको पाठकले बताएकी छन् ।

धादिङ घर भएकी पाठकविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले पाठकलाई प्रहरी वृत्त स्वयम्भूमा पठाइएको जानकारी दिए ।

यसअघि पनि उनी पक्राउ परेकी थिइन् । उनले आफूलाई बस्नेतले अपार्टमेन्टमा राखेर यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।

यसअघि पनि उनलाई प्रहरीले साइबर कसुर आरोपमा ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो। बस्नेतनिकटहरूले उनलाई हनी ट्रयापर भन्दै ट्रोल बनाउने गरेका छन्।

बस्नेतले आफूसँग मन्दिरमा लगेर महेशले विवाह गरेको पनि बताएकी छन् । बस्नेत विवाहित पुरूष हुन् । नेपालको कानुनअनुसार बहुविवाह बर्जित छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ३ : ५८ बजे

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर