निराशाजनक विकास खर्च : ५ महिनामा १२ प्रतिशत पनि पुगेन « Khabarhub

निराशाजनक विकास खर्च : ५ महिनामा १२ प्रतिशत पनि पुगेन

आम्दानीभन्दा खर्च डेढ खर्ब बढी


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असार ३० गते गठित दुईतिहाइ नजिकको शक्तिशाली सरकार पनि विकास खर्चलाई गति दिन असफल भएको छ ।

अघिल्ला वर्षहरूमा जस्तै चालु आर्थिक वर्षमा पनि सरकारले विकास खर्च बढाउन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले विकास खर्च १२ प्रतिशत पनि पुर्‍याउन नसकेको हो ।

कार्यालयकाअनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा लक्ष्यको जम्मा ११.५८ प्रतिशत मात्रै पुँजीगत अथवा विकास खर्च गरेको छ । चालु आर्थिक वर्षको बजेटमा संघीय सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रूपैयाँ पुँजीगत खर्च विनियोजन गरेको थियो ।

जसमध्ये सरकारले पाँच महिनाको अवधिमा ४० अर्ब ८० करोड ६ लाख रूपैयाँ मात्रै खर्च गरेको छ ।

कांग्रेस–एमाले र साना दल मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले समीक्षा अवधिमा लक्ष्यको ३१.८७ प्रतिशत अर्थात् ३ खर्ब ६३ अर्ब ५५ करोड १४ लाख रूपैयाँ चालु खर्च गरेको छ । त्यही अवधिमा वित्तीय व्यवस्थापन तर्फ लक्ष्यको ४१.३२ प्रतिशत अर्थात् १ खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख रूपैयाँ खर्च गरेको छ ।

आम्दानीभन्दा डेढ खर्ब बढीले खर्च

चालु आर्थिक वर्षको समीक्षा अवधिमा सरकारको आम्दानी भन्दा खर्चको आकार डेढ खर्ब बढीले भएको देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार पाँच महिनाको अवधिमा सरकारले जम्मा ४ खर्ब ५ अर्ब ७७ करोड ३० लाख आम्दानी गरेको छ भने खर्च ५ खर्ब ५६ अर्ब ११ करोड ७७ लाख रूपैयाँ छ । जुन सरकारले गरेको कुल आम्दानी भन्दा १ खर्ब ५० अर्ब ३४ करोड ४७ लाख रूपैयाँले बढी हो ।

सरकारले चालु आर्थिक वर्षमा ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान सहायता लिने लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म कत्ति पनि उपलब्धि हाँसिल गर्न सकेको छैन ।

समीक्षा अवधिमा सरकारले ३ खर्ब ६२ अर्ब ५८ करोड ५ लाख राजस्व आम्दानी गरेको छ । त्यही अवधिमा ३७ अर्ब १ करोड ८४ लाख गैरराजस्व आम्दानी गरेको छ । सरकारले समीक्षा अवधिमा ६ अर्ब १७ करोड ४१ लाख रूपैयाँ अन्य आम्दानी गरेको जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ४ : ०७ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल