एआई इन्जिनियर अतुल प्रकरण : श्रीमती र सासू उत्तरप्रेदशबाट पक्राउ « Khabarhub

एआई इन्जिनियर अतुल प्रकरण : श्रीमती र सासू उत्तरप्रेदशबाट पक्राउ


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

बैंगलुरू- एआई इन्जिनियर अतुल सुभाषले बेंगलुरुमा आत्महत्या गरेपछि भारतभर अहिले सनसनी मच्चिएको छ।

बिहारको समस्तीपुर निवासी अतुलले २४ पृष्ठको सुसाइड नोट लेखेर ९० मिनेटको भिडियो बनाएका थिए ।

जसमा उनले श्रीमती र सासूलाई आफूमाथि शोषण गरेको आरोप लगाएका थिए । अभियुक्तको नाममा अतुलकी श्रीमती निकिता सिंघानियन, सासू निशा, जेठाजु अनुराग र निकिताका काका सुशील छन् ।

उनीहरू सबै उत्तर प्रदेशको जौनपुरका बासिन्दा हुन् । तर सुसाइड नोट र भिडियो सार्वजनिक भएपछि सबै फरार भएका थिए ।

बेंगलुरु प्रहरीले निकिता, निशा, अनुरागलाई डिसेम्बर १५ मा पक्राउ गरेको छ । प्रहरीले तीनै जनालाई पक्राउ गरेकोबारे जानकारी दिएको छ ।

समाचारअनुसार अतुल सुभाष आत्महत्या प्रकरणका आरोपी पक्राउ परेको कथा कुनै फिल्मी कथाभन्दा कम छैन ।

बेंगलुरु प्रहरीले निकिता गुरुग्राममा लुकेको पत्ता लगाएको थियो । उनकी आमा र भाइ भने प्रयागराजमा लुकेको सूचना दिने व्यक्तिबाट प्रहरीले जानकारी पाएको बताएको छ । प्रहरीले डिसेम्बर १३ मा राति तीनैजनाको स्थान फेला पारेको थियो ।

पहिले प्रहरीले निकितालाई गुरुग्रामको सेक्टर–५७ स्थित ब्लसम स्टेज पेइङ गेस्ट हाउसबाट पक्राउ गरेको थियो ।

त्यसपछि झुन्सीको एक होटलमा छापा मारिएको थियो । यसका लागि प्रहरी कर्मचारी आमा शिवप्पा, विनीता ए डाक्टर र नर्स बनेर होटलमा बस्न गएका थिए ।

त्यहाँ होटलको दर्ता बुक हेर्दा निशा र अनुराग कोठा नम्बर १११ मा र प्रहरी कर्मचारी रुम नम्बर १०१ र १०८ मा बसेको पाइएको थियो । सुरक्षाकर्मीले रातभर दुवैलाई निगरानीमा राखेका थिए ।

निकिताको लोकेशन सर्भिलेन्समार्फत ट्रेस गरिएको थियो । भोलिपल्ट डिसेम्बर १५ गते बिहान प्रहरी एक एक गरी कोठामा गएर दुवैसँग कुराकानी गरेका थिए ।

त्यसपछि प्रहरी कर्मचारीले दुवैलाई लिएर ट्याक्सी बुक गरेर एयरपोर्ट पुगे, त्यहाँबाट बेंगलुरुको लागि उडान गरे।

उनको एउटा गल्तीले प्रहरीलाई निकितासम्म पुर्‍यायो । प्रहरीले निकिताले काम गरेको कम्पनीबाट उनको मोबाइल नम्बर लिएको थियो ।

प्रहरीले उक्त नम्बरलाई निगरानीमा राखेको थियो । निगरानीका क्रममा प्रहरीले निकिताको लोकेशन पत्ता लगाएको थियो । उनी मोबाइलबाटै आमा र भाइसँग लगातार कुरा गरिरहेकी थिइन् । त्यसैले उनी प्रहरीले समातिन् ।

बेंगलुरुको मराठाली पुलिस स्टेशनको टोलीले मुद्दाको कागजात संकलन गरिरहेको छ। दोस्रो टोलीले निकिताको खोजी गरिरहेको थियो । तेस्रो टोलीले आमा र भाइको खोजी गरिरहेको थियो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ४ : २९ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ